स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट

स्पार्क हेल्थ होम, सोल्टिमोड, कालिमाटी तथा पथिक हेल्थ फाउण्डेशनका संस्थापकहरुबाट स्थापित हिमालयको भूमि यस नेपालको प्रथम हेल्थ रिसोर्ट, स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्टमा यहाँलाई हार्दिक स्वागत छ । यस हेल्थ रिसोर्टबाट विश्वविख्यात अतुलनीय सुविधाहरू अब नेपालमा नै उपलब्ध । ऐतिहासिक काठमाडौं उपत्यका र हिमाल पछाडिबाट उदाउने सूर्योदयको दृश्यावलोकन गर्दै अमृतमय जडिबुटी चिया तथा प्राकृतिक भोजनको साथमा आराम गर्नुहोस्, वा हाम्रा आधुनिक, आयुर्वेदिक, योग, प्राकृतिक, फिजियोथेरापि, अकुपंचर, एक्वारिह्याब, हाइड्रोथेरापी जस्ता विभिन्न एकिकृत उपचारहरुद्वारा अन्य ठाँउमा ठिक हुन नसकेका असाध्य र जटिल रोग ठिक गर्नुहोस्, शरीरलाई डिटक्स गर्नुहोस्, नयाँ जीवनशैली सिक्नुहोस् । हाम्रो हेल्थ रिसोर्टमा आएर शरिरलाई स्फुर्त तथा फिट बनाउनुहोस्, मनलाई नयाँ क्षमता तथा नया ऊर्जा दिनुहोस् र रिचार्ज गर्नुहोस् साथै तनाव र जीवन प्रबन्धन सिकेर जीवन आनन्दित बनाउनुहोस्। आउनुहोस् यहाँ उपलब्ध उपचारका सैकडौं विधिहरुबाट आफ्ना रोगहरुमाथि विजय प्राप्त गर्ने मात्र होइन, आफ्नो शरीरलाई डिटक्स वा शुदिदकरण गरी फेरी नयाँ जस्तै बनाउनुहोस् (पुनर्यौवन चिकित्सा), आफ्नो मनलाई रिल्याक्स तथा रिचार्ज गर्नुहोस्, र कामगर्ने (उत्कर्शगर्ने) नयाँ उर्जा लिएर जानुहोस्, शारीरिक मानसिक तथा आध्यात्मिक आनन्द प्राप्त गर्नुहोस् । हाम्रो संस्था नेपालका प्रख्यात अस्पतालहरु तथा बेंगलोर, दिल्लि र विश्वका विभिन्न प्रख्यात अस्पताल÷संस्थाहरुसंग समन्वय तथा संबन्धन प्राप्त संस्था समेत हो । हामीकहाँ समय समयमा विदेशका विश्व प्रख्यात विशेषज्ञहरु समेत पाल्नुहुन्छ ।

स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट …नेपालको प्रथम हेल्थ रिसोर्ट …प्रकृति तर्फ फर्कौं

हाम्रा विषेशताहरु

  • शहरको कोलाहल तथा प्रदुषणबाट टाढा तर सुन्धारादेखि ७ र कलंकिदेखी ३ किलोमिटर मात्र
  • चन्द्रागिरी पर्वतको काखमा मनोरम प्राकृतिक हरियालि बिच शुद्ध र स्वच्छ वातावरण
  • २४सै घण्टा डाक्टर तथा नर्सिंग सुविधा
  • विशेषज्ञ डाक्टर हरेक दिन
  • गुणस्तरीय स्टार लेवलको सेवा तथा सुविधाहरु
  • अन्तर्राष्ट्रिय स्तरका योग्य र अनुभवी चिकित्सकहरू
  • दक्ष तथा अनुभवी थेरापिस्टहरु
  • साधारण देखि एअर कण्डिशन युक्त होटल स्टाइलका कोठाहरु
  • स्टुडियो कोठा देखि स्विटहरु सम्मको सुविधा
  • जनरल वार्ड देखि भाडामा दिन सकिने कोठाहरु र साथै निःशुल्क बेडसम्मको सुविधा
  • होम सर्भिस तथा पिक अप र ड्रप अफ सुविधा, डे केयर सुविधा
  • लिफ्टहरु जडित पूर्ण रुपमा अपांग मैत्री रिसोर्ट वातावरण
  • अर्गानिक खानपान तथा प्राकृतिक रेस्टुरेण्ट, सलाद तथा जुस बार
  • नेपालकै सबैभन्दा ठूलो र सुन्दर पिरामिड योग र ध्यान हल
  • तातो पानीको स्वीमिङ पूल, पानीभित्र गरिने व्यायामको लागि एक्वारिह्याब सेन्टर
  • सुन्दर अन्तर्राष्ट्रिय स्तरको स्पा, जिम तथा फिटनेस सेन्टर
  • एकिकृत चिकित्साः आधुनिक, आयुर्वेदिक, योग, षट्कर्म, प्राकृतिक, फिजियोथेरापि, अकुपंचर, एक्वारिह्याब, हाइड्रोथेरापी, म्यानुअल थेरापी, जीवनशैली चिकित्सा, केरला पंचकर्म जस्ता सैकडौं उपचार बिधिहरु एकै छाना मुनि
  • आयुर्वेदिक पंचकर्म सेन्टर
  • अत्याधुनिक स्लिम सेण्टर
  • नेपालकै उत्कृष्ठ तथा अत्याधुनिक प्राकृतिक तथा फिजियोथेरापी उपचार केन्द्र
  • वृद्य वृद्याहरुको लागी २४सै घण्टा नर्सिंग सेवा सहितको वृद्याश्रम ओल्ड एज केयर सेन्टर
  • खेलकुद र मनोरञ्जन सुविधाहरू
  • घरमै डाक्टर, फिजियोथेरापिस्ट, मसाज, औषधि डेलिभरी तथा प्याथोलोजिको लागी रगत तान्ने आदिको सुविधा
  • एम्बुलेन्स सुविधा
  • पोलिक्लिनिक तथा विशेषज्ञ डाक्टरहरुको सुविधा
  • हेल्थफुड स्टोर र फार्मेसि
  • प्याथोलोजि ल्याब सुविधा
  • होल बडि चेक अप प्याकेजहरु
  • एक्स रे, मुटु जाँच तथा अल्ट्रासाउण्ड सुविधा
  • एम आर आई तथा सि टि स्क्यान (एसोसिएट सर्भिस)
  • डे केयर सुविधा (बिहान देखि बेलुकि) तथा पिक एण्ड ड्रप सुविधा
  • विशेषज्ञ चिकित्सकहरुको टेलि मेडिसिन तथा अनलाइन चेकअप तथा परामर्श सेवा
  • कन्फ्रेन्स हल तथा कर्पोरेट वेलनेश सेवा
  • टिम बिल्डिंग तथा प्रोफेशनल डेभलपमेण्ट कार्यक्रमहरु
  • स्वस्थकर तथा प्राकृतिक परिकार सिकाउने कुकिंग कक्षाहरु
  • गौशाला तथा अर्गानिक फार्मिंग
  • मेम्बरशिप क्लबः हाम्रो सदस्य बन्नुहोस् थुप्रै लाभ लिनुहोस्
  • स्पार्क हेल्थ होम सोल्टिमोड, तथा पथिक फाउण्डेशनका संस्थापकबाट स्थापित
  • थोरै पैदल दूरीमा हाइकिंग, ट्रेकिङ तथा थुप्रै पर्यटकिय स्थानहरू
  • हाइकिंग, ट्रेकिंग प्याकेजहरु
  • विभिन्न किसिमका प्याकेज तथा रिट्रिटहरु
  • स्वास्थ्य शिविर संचालन

उपचार गरिने रोगहरु

  • कतै पनि ठिक हुन नसकेका अटोइम्युन रोगहरु जसतै मल्टिपल स्क्लेरोसिस, माइग्रेन, न्युरो मस्कुलर रोगहरु, फाइब्रोमायाल्जिया, बाथ रोगहरु, थाइरोइडाइटिस्, सोरियासिस, चिलाउने, पेट र आन्द्राका असाध्य रोगहरु, छाला र श्वासप्रश्वासका एलर्जि, फ्याटि लिभर, क्रोनिक पुरानो दुखाई तथा रोगहरु, पि सि ओ एस
  • न्यूरोः प्यारालाइसिस, नसा च्यापिएको, स्ट्रोक पश्चातको रिह्याब, जि बि एस ( ब्क्ष्म्ए, ऋक्ष्म्ए ), ट्रान्सभर्स माइलाइटिस, सेरेब्रल पल्सि, मल्टिपल स्क्लेरोसिस, अप्रेशन पश्चातका न्यूरो रिह्याब, थुप्रै न्यूरोका समस्या तथा रोगहरु
  • अर्थोः गर्धन ढाड कम्मरका रोग, डिस्क प्रोल्याप्स, साइटिका, अस्टियोपोरोसिस्, जोर्नि खिइएको, ह खिइएको, बाथ रोग, युरिक एसिड, फाइब्रोमायाल्जिया, अप्रेशन पश्चातका उपचार तथा रिह्याब, स्पोर्ट्स इन्जुरि
  • ग्रन्थिः मधुमेह, थाइरोइडका रोग, मोटोपन
  • मुटु ः उच्चरक्तचाप, कोलेस्ट्रोलका समस्या, रक्तनलि जाम हुने
  • पाचन तथा पेट रोगः ग्यास्ट्राइटिस, ग्यास्ट्रिक अल्सर, कब्जियत, फ्याटिलिभर, अपच, कोलाइटिस, पेट र आन्द्राका रोग
  • श्वासप्रश्वासः पिनास, एलर्जि, दम, ब्रोंकाइटिस, पूरानो खोकि, छाती तथा फोक्सोका रोग
  • छालाः डण्डिफोर, सोरियासिस, डर्माटाइटिस, चिलाउने र अन्य छाला रोग
  • मानसिक तनाव, अनिन्द्रा, टाउको दुख्ने, माइग्रेन, डिप्रेशन, भय, कुलत, शारीरिक तथा मानसिक दुर्बलता
  • स्त्रि रोगः पोलिसिस्टीक रोग (पि सि ओ डि), बाँझोपन, महिनावारी तथा अन्य स्त्रि रोग
  • सेक्स समस्याहरु, यौन दुर्बलता, बाँझोपन
  • बिना अप्रेशन साइड इफेक्ट नहुने प्रविधिद्वारा गर्धन, ढाड, कम्मर, घुँडा, जोर्नीहरु दुख्ने, डिक्स प्रोल्याप्स, ह खिइएको, नसा च्यापिएको, प्यारालाइसिस (शरीरको एक भाग वा दुवै भाग नचल्ने, मुख बांगीएको आदि)

सम्पर्क

स्पार्क इन्टरनेशनल हेल्थ रिसोर्ट, धौलागिरि आवाश, सतुंगल, चन्द्रागिरी न.पा. वडा १०, काठमाण्डौ
फोनः ९७७ ९७६१३३३००९, ९८४१३३३००९
भाइबर तथा ह्वाट्सएप : ९७७ ९८४१३६३१६७
इमेलः info@healthresortnepal.com